बिहीबार, भदौ ४, २०८३

दक्षिण कोरियामा कामदार लिएर जाने विमानको उडान रद्द

नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरिया जाने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएको छ। विमानमा जाने सबै यात्रुको कोरोना संक्रमण परीक्षण बिहीबारसम्म नसकिने भएकाले उडान रद्द गरिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं – नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरिया जाने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएको छ। विमानमा जाने सबै यात्रुको कोरोना संक्रमण परीक्षण बिहीबारसम्म नसकिने भएकाले उडान रद्द गरिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

‘हाललाई उडान स्थगित गरिएको छ, कहिले जाने भन्नेबारे निश्चित भैसकेको छैन’, खड्काले भनिन्, ‘सबै यात्रुको परीक्षण रिपोर्ट आएपछि मात्रै उडान हुन्छ।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारको शिलशिलामा कोरियामा रहेका नेपालीहरु घर बिदामा आएको बेला लकडाउनले गर्दा यतै रोकिएकोमा स्वास्थ्य परीक्षण गरेर कोरिया पठाउने निर्णय गरेको थियो।

प्रकाशित: Apr 29, 2020| 13:05 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।