बिहीबार, भदौ ४, २०८३

भारतमा एक नेपालीको हत्या

 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– अछाम स्थायी घर भएका एक व्यक्तिको भारतमा हत्या भएको छ।

कमलबजार नगरपालिका–९ मष्टाबण्डाली घेगडका ५० वर्षीय जुक्ते रावतको भारत हरियाणा राज्यको यमुनानगरमा हत्या भएको उनको परिवारले जनाएको छ।

मंगलबार राती ड्युटीमा रहेको बेला एक भारतीयको आक्रमण परी गम्भीर घाइते भएका रावतको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको मृतकका नाति धिरज रावतले जानकारी दिए।

कुटपिट पश्चात नालीमा फाल्ने क्रममा प्रहरीले देखेर हत्यारा पक्राउ गरेको उनले जानकारी दिए।

करिब ३० वर्षदेखि भारतमा काम गर्दै आएका रावतको हत्या गर्नुको कारण नखुले पनि चोरी गर्ने उद्देश्यले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको जनाइएको छ।

प्रकाशित: Apr 29, 2020| 12:53 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।