बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको छ।
बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गरी कोरोना संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको जनाएको छ।
यसअघि बहराइनमा ४९ जना संक्रमित थिए। बहराइनमा हालसम्म एक हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८ छ।
दूतावासले कोरोना भाइरस संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशन पूर्ण रुपमा पालना गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।
यस्तै कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीको नाम र फोन नम्बर पनि उपलब्ध गराएको छ।
बहराइन सरकारले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ।

 

प्रकाशित: Apr 29, 2020| 12:48 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।