बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्रीद्वारा संसद्काे बैठक कक्ष अवलाेकन

प्रधानमन्त्री केपी ओलीले बुधबार संसद् भवनकाे बैठक कक्ष अवलोकन गरेका छन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले बुधबार संसद् भवनकाे बैठक कक्ष अवलोकन गरेका छन्।

उनले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरूको बस्ने व्यवस्था अवलाेकन गरेकाे संसद् सचिवालयले जनाएको छ।

कोरोना भाइरस संक्रमण जोखिमपछि संसद् बैठक कक्षमा भौतिक दुरी कायम गरी बस्न मिल्ने व्यवस्था मिलाइएको छ। सोही व्यवस्था अवलोकन गर्न प्रधानमन्त्री ओली संसद् भवनमा पुगेका हुन्।

प्रधानमन्त्रीसँगै संसद भवनको व्यवस्था हेर्न सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद सचिवालयका पदाधिकारीहरू पनि संसद्को बैठक कक्षमा पुगेका थिए।

यसअघि बुधबार बिहान प्रधानमन्त्री ओली र सभामुख अग्नि सापकोटाबीच बजेट अधिवेशनबारे छलफल भएको छ। साेही क्रममा प्रधानमन्त्रीले  संसद् भवनमा सांसदहरूलाई बस्ने व्यवस्था कस्तो छ भन्नेबारे सभामुखसँग चासाे राखेका थिए। 

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्‍मा पेस गर्नुपर्ने हुन्छ। यस्तै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति  पनि संसद् भवनमा जानुपर्ने हुन्छ।

प्रकाशित: Apr 29, 2020| 12:21 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।