बिहीबार, भदौ ४, २०८३

कांग्रेस केन्द्रीय समितिकाे बैठक २ बजे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ।

बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्न सक्ने योगदानबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।यसैगरी अध्यादेश प्रकरणपछि उत्पन्न राजनीतिक परिस्थिति र भावी रणनीतिका बारेमा पनि छलफल हुनेछ।

बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायतबारेसमेत छलफल हुने बताइएको छ।

कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो। पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीनपटक बसिसकेको छ।

प्रकाशित: Apr 29, 2020| 10:53 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।