मंगलबार, असार ३०, २०८३

फ्रान्सका ठूला प्रतियोगिता लिग १ र लिग २ रद्द

बन्द वा खुल्ला रंगशालामा सेप्टेम्बरसम्म फुटबल प्रतियोगिता गर्न नपाउने सरकारी घोषणापछि फ्रान्सको लिग १ र लिग २ रद्द भएका छन्। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले सन् २०१९–२० को सिजन सकिएको बताएका हुन्।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

बन्द वा खुल्ला रंगशालामा सेप्टेम्बरसम्म फुटबल प्रतियोगिता गर्न नपाउने सरकारी घोषणापछि फ्रान्सको लिग १ र लिग २ रद्द भएका छन्। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले सन् २०१९–२० को सिजन सकिएको बताएका हुन्।

कोरोना भाइरसका कारण उनले ११ मे सम्मका लागि लकडाउन घोषणा गर्दै सेप्टेम्बर सम्मका प्रतियोगिता नगर्न निर्देशन दिएका थिए।

यसअघि फ्रान्सको सर्वोच्च फुटबल निकाय एलएफपीले १७ जुनमा सिजन पुनः सुरु गरेर २५ जुलाईमा सबै प्रतियोगिता सक्ने आशा गरेको थियो।

तर प्रतियोगिता रद्द भएपछि एलएफपीले मेमा बैठक बस्दै लिगको च्याम्पियन, रेलिगेशन र प्रोमोसनको निणर्य गर्ने छ।

अहिले लिग १को शीर्ष स्थानमा पीएसजी रहेको छ। त्यस्तै मार्सेल्ले र रेनिज दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यही स्थानका आधारमा निर्णय भएमा यि तीन क्लब अर्को सिजनको च्याम्पियन्स लिगमा भाग लिन पाउने छन्।

त्यस्तै चौथो स्थानमा भएको नाताले लिल्ले युरोपा लिगमा जाने सम्भावना रहेको छ। निम्स, एमिज र टौलौस रेलिगेशन जोनमा रहेका छन्। अहिलेको तालिका अनुसारै निर्णय भएमा यि तीन क्लब रेलिगेशनमा पर्ने छन्।

त्यस्तै लिग २ मा लोरियन्ट र लेन्स शीर्ष स्थानमा छन्। उनीहरु लिग १मा जाने छन्। उद्यपी यसबारेमा अन्तिम निणर्य भने भइसकेको छैन।

कोरोनाका कारण फ्रान्समा १३ मार्चबाट खेलमा प्रतिबन्ध लागेको थियो। युरोपको डच लिग र बेल्जियमको शीर्ष लिग यसअघि नै स्थगित भइसकेका छन्। प्रिमियर लिग र बुन्डेसलिगा भने गराउनका लागि केही क्लबहरुले प्रशिक्षण थालेका छन्।

प्रकाशित: Apr 29, 2020| 08:31 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।