बिहीबार, भदौ ४, २०८३

संखुवासभामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

मकालु गाउँपालिका-३ सम्माटारमा शुक्रबार दिउँसो को१क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

विश्वकर्मा जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको सहचालक हुन्। विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 11, 2021| 08:18 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।