बिहीबार, भदौ ४, २०८३

पूर्व राजदूत रुक्मशमशेर राणाको निधन

भारतका लागि पूर्व नेपाली राजदूत रहेका रुक्मशमशेर राणाको निधन भएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- भारतका लागि पूर्व नेपाली राजदूत रहेका रुक्मशमशेर राणाको निधन भएको छ। राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। 

सन १९३६ मार्च १२ मा जन्मिएका राणा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव हुन्। राणाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी निभाउनुका साथै नेपाल ओलम्पिक कमिटीको जनरल सेक्रेटरीसमेत भएर काम गरेका थिए। 

उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थिए। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका संस्थापक उद्यमी मध्येका एक हुन्। परिवारले आइतबार मात्रै राणाको दाहसंस्कार गरिने जनाएको छ।

प्रकाशित: Sep 11, 2021| 08:10 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।