आइतबार, चैत ८, २०८२

अब फुटबल मैदानभित्र थुक्न नपाइने!

कोरोना भाइरस(कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खेलका धेरै नियमहरु परिवर्तन गरिने आशा गरिएको छ। त्यस्तैमा एक हो, फुटबल मैदानमा थुक्न नपाइने।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

कोरोना भाइरस(कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खेलका धेरै नियमहरु परिवर्तन गरिने आशा गरिएको छ। त्यस्तैमा एक हो, फुटबल मैदानमा थुक्न नपाइने।

National life

फिफाको मेडिकल टिमका अध्यक्ष प्रोफेसर जीरी डेभोरकले फुटबल मैदानमा थुक्ने लगायतका अस्वस्थ कार्य गरेमा पहेंलो कार्ड दिन प्रस्ताव गरेका छन्। यदी उनले दिएको सुझाव÷प्रस्ताव फिफाले जस्ताको त्यस्तै लागू गरेमा फुटबल मैदानभित्र थुक्न प्रतिबन्ध लाग्नेछ।

‘कोरोनाभाइरस फैलने मुख्य माध्यम नै थुक हो। त्यसैले यो कामलाई रोक्नका लागि त्यस्तो अस्वस्थ व्यवहार गरेमा कार्ड देखाइनु पर्छ अथवा केही खेलका लागि प्रतिबन्ध गरिनु पर्दछ’, मेडिकल टिमका अध्यक्ष डेभोरकले भने, ‘मैदानमा रहने थुकमा पनि केही समयसम्म कोरोना भाइरस रहिरहन सक्छ।’

कोरोनाको महामारी बढ्दै गएको भएतापनि विश्वका कतिपय मुलुकले फुटबलको पुनः तयारी गरिरहेका छन्। जर्मनीमा पनि अर्को महिनाबाट लिग फर्कने गरि प्रशिक्षण सुरु भइसकेको छ। कतिपय प्रिमियर क्लब पनि ट्रेनिङमा जुटिसकेका छन्। यस्तो अवस्थामा खेल गराउनका लागि धेरै नियमहरु आवश्यकता पर्दछ त्यसैले फिफाले रोगविरुद्धका नियमहरु ल्याउन लागेको हो।

प्रकाशित: Apr 28, 2020| 14:27 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।