आइतबार, चैत ८, २०८२

पाकिस्तानी ब्याट्स्म्यान उमर अकमललाई तीन वर्ष प्रतिबन्ध

टेस्ट क्रिकेटमा शतकसहित डेब्यू गरेका पाकिस्तानी क्रिकेटर उमर अकमललाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ३ वर्षको प्रतिबन्ध लगाएको छ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

एजेन्सी- टेस्ट क्रिकेटमा शतकसहित डेब्यू गरेका पाकिस्तानी क्रिकेटर उमर अकमललाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ३ वर्षको प्रतिबन्ध लगाएको छ। बल स्पट फिक्सिङ आरोप लागेका उनले तीन वर्षसम्म कुनै फर्मको क्रिकेट खेल्न पाउने छैनन।

National life

अकमलमाथि फिक्सिङ गरेर कुरा लुकाएको आरोप थियो। यसबारे पीसीबी अनुशासन कमिटीले गरेको अध्ययनमा उनी दोषी पाइएका हुन।

पीसीबीले ट्वीट गरेको छ - 'उमर अकमललाई अनुशासनात्मक प्यानलका अध्यक्ष जस्टिस (रिटायर्ड) फजल-ए-मीरन चौहानको तर्फबाट सबै फर्मेटमा खेल्नका लागि तीन सालको  प्रतिबन्ध सुनाइएको छ।'

यसअघि अकमलले एक अन्तरवार्तामा स्पट फिक्सिङको लागि २ लाख रुपैयाँ पाएको बताएका थिए। त्यती मात्र नभएर उनले भारतविरुद्धको खेलमा पनि मोटो रकमको लेनदेन हुने गरेको दाबी आफूले सुनेको बताएका थिए।

त्यस्तै सन २०१५ मा अष्ट्रेलिया-न्युजिल्यान्डमा भएको वर्ल्डकपमा पनि म्याच फिक्सरले सम्पर्क गरेको र उनले यसबारे पीसीबी र आईसीसीलाई जानकारी नगराएको पनि उनीमाथि आरोप छ।

Laxmi sunrise bank
kumari

आइसीसीको भ्रष्टाचार कोड २.४.४ र २.४.५ अनुसार सबै खेलाडीलाई पैसा वा कुनै गलत तरिकाले फाइदा पुर्याउने काम गर्यो भने आईसीसीलाई जानकारी दिनुपर्ने बाध्यकारी नियम छ। यदि यो नियम कसैले उल्लंघन गरेको खण्डमा उस्लाई ५ वर्षसम्मको प्रतिबन्ध हुनसक्ने ब्यवस्था छ।

प्रकाशित: Apr 28, 2020| 11:54 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।