सोमबार, फागुन १८, २०८२

जाजरकोटमा ९ वर्षीया बालिकालाई दादुरा संक्रमण

जाजरकोटमा एक बालिकामा दादुरा संक्रमण पाइएको छ। भेरी नगरपालिका–१ रावतगाउँकी ९ वर्षीया रन्जीता विकलाई दादुरा भएको हो।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

सुर्खेत- जाजरकोटमा एक बालिकामा दादुरा संक्रमण पाइएको छ। भेरी नगरपालिका–१ रावतगाउँकी ९ वर्षीया रन्जीता विकलाई दादुरा भएको हो। 

दुई हप्तादेखि रुघाखोकी र ज्वरोबाट ग्रसित बालिकामा क्षेत्रीय प्रयोगशाला नेपालञ्जमा गरिएको परीक्षणले दादुरा संक्रमण पुष्टि गरेको हो।  लामो समयदेखि रुघाखोकी र ज्वरोबाट ग्रसित भएपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुराको आशंकामा परीक्षणका लागि स्वाब नेपालगञ्ज पठाएको थियो। 

सामुदायिक स्वास्थ्य केन्द्र पिपेका इन्चार्ज दलराज विकका अनुसार दादुरा संक्रमित बालिका खतरामुक्त छिन्। बालिकामा दादुरा पुष्टि भएपछि रावतगाउँका १८ जना बालबालिकाको स्वाव संकलन गरिएको छ। 

ती बालिकालाई दादुरा–रुवेला बिरुद्धको खोपसमेत लगाइएको परिवारले जनाएका छन्। दादुरा रोगको भाइरस तीब्र गतिमा अन्य बालबालिकामा फैलिने भएका कारण निकै जोखिमपूर्ण मानिन्छ। सन् २०२३ सम्म नेपाललाई दादुरा मुक्त देश घोषण गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित: Sep 11, 2021| 07:07 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।