आइतबार, चैत ८, २०८२

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।
 |  मंगलबार, वैशाख १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०७७

National life
Laxmi sunrise bank
kumari

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । “वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवसं) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ”, मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मानव सभ्यता नै अप्ठ्यारोमा पार्ने गरी फैलिएको कोराना भाइरसले विश्व नै प्रभावित भइरहेको अवस्थामा मञ्चले अवस्था सामान्य नभएसम्मका लागि अवार्ड स्थगन गरे पनि आन्तरिक तयारी भने निरन्तर जारी राख्ने जनाइएको छ । मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन गरी कार्यक्रमको तयारी शुरु भए पनि कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएकाले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको खेलप्रेमी, सङ्घसंस्था, खेलाडी, प्रशिक्षक, पत्रकार एवं शुभचिन्तकहरुमा अनुरोध गरिएको छ ।

मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेल पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड वितरण गर्ने गर्दछ । वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ ।
रासस

प्रकाशित: Apr 28, 2020| 06:48 मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।