मंगलबार, असार ३०, २०८३

मास्क लगाएर बक्सिङ, दर्शकले दुई सीट छोडेर बस्नुपर्ने

विश्वका अधिकांश मुलुक कोरोना संकटबाट गुज्रिरहेपनि निकारागुवामा भने बक्सिङ प्रतियोगिता चलिरहेका छन्। गत शनिबार निकारागुवाको राजधानी मनागुवामा बक्सिङ प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा खेलाडीले मास्क लगाएर खेले। खेलाडीका साथै रेफ्री, जज, मिडिया, दर्शक र रिङ गर्ल सबैले मास्कको प्रयोग गरेका थिए।
 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

विश्वका अधिकांश मुलुक कोरोना संकटबाट गुज्रिरहेपनि निकारागुवामा भने बक्सिङ प्रतियोगिता चलिरहेका छन्। गत शनिबार निकारागुवाको राजधानी मनागुवामा बक्सिङ प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा खेलाडीले मास्क लगाएर खेले। खेलाडीका साथै रेफ्री, जज, मिडिया, दर्शक र रिङ गर्ल सबैले मास्कको प्रयोग गरेका थिए।

मास्क लगाए पनि खेलाडीलाई खेलका क्रममा मास्क नलगाउन अनुमति थियो। साथै खेलाडीलाई संक्रमणबाट बचाउनका लागि दर्शकलाई बक्सिङ हलभित्र पस्नु अघि डिसइन्फेक्ट गराइएको थियो भने उनीहरुको ज्वरो पनि नापिएको थियो। ज्वरो नभएका दर्शकलाई मात्र खेल हेर्ने अनुमति थियो। निकारागुवाका बक्सिङ लेजेन्ड र डब्लूबीए च्याम्पियन रोमन पनि खेल हेर्न गएका थिए। सबै दर्शकलाई जस्तै उनलाई पनि ज्वरो नापिएको थियो। त्यहाँको सरकारले अहिलेसम्म पनि सामाजिक दुरी पालना गर्नका लागि आग्रह गरेको छैन्। तर दर्शकलाई भने आयोजकले नै सामाजिक दुरी कायम गर्न लगाएको थियो।

मध्य अमेरिकी राष्ट्र निकारागुवाको सरकारले खेलकुदमा प्रतिबन्ध लगाएको छैन। त्यहाँ सदाझैं फुटबल खेल पनि सञ्चालन भइरहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार त्यहाँ कोरोनाका कारण तीन जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Apr 27, 2020| 16:54 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।