आइतबार, चैत ८, २०८२

आर्सनलका खेलाडी प्रशिक्षणमा फर्कने

इङ्लिस क्लब आर्सनलले सोमबारबाट प्रशिक्षणमा फर्कन खेलाडीलाई अनुमति दिएको छ। लन्डनस्थित कोल्नीमा प्रशिक्षण गर्ने गरि क्लबले खेलाडीलाई अनुमति दिएको हो।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

National life
Laxmi sunrise bank
kumari

इङ्लिस क्लब आर्सनलले सोमबारबाट प्रशिक्षणमा फर्कन खेलाडीलाई अनुमति दिएको छ। लन्डनस्थित कोल्नीमा प्रशिक्षण गर्ने गरि क्लबले खेलाडीलाई अनुमति दिएको हो।

क्लबका माइकेल आर्टेटालाई कोरोना पुष्टी भएपछि स्थगित गरिएको लिगमा अब भने खेलाडीले प्रशिक्षणमा जाने अनुमति पाएका हुन्। उनलाई कोरोना पुष्टी भएको ४६ दिनपछि प्रशिक्षणको सुविधा पुनः उपलब्ध गराइएको हो। यसका साथै लकडाउन पछि फुटबल विस्तारै लयमा आउने विश्वास गरिएको छ। तर, अहिले समूहमा प्रशिक्षण हुने छैन। स–सानो टोली बनाएर खेलाडीले प्रशिक्षण गर्ने छन्।

‘खेलाडीले अर्को साताबाट हामीसँग उपलब्ध लन्डन कोल्नी मैदान प्रयोग गर्न पाउने छन्,’ क्लबका प्रवक्ताले भने, ‘उनीहरलाई दिइने सुविधा निश्चित हुनेछ। सामाजिक दुरी कायम गर्नु पर्नेछ र सबैले सुरक्षाका उपाय अपनाउनु पर्ने छ। कोल्नीका सबै भवन बन्द हुने छन् त्यसमा खेलाडी आउने र ट्रेनिङ गरेर घर फर्कने छन्।’

प्रकाशित: Apr 26, 2020| 16:22 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।