मंगलबार, असार ३०, २०८३

सान मिरले लिइन् संन्यास

पाकिस्तानी क्रिकेट टोलीकी पूर्वकप्तान सान मिरले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेकी छिन्। उनले संन्यास लिने यो नै उपयुक्त समय भएको बताउँदै अन्तराष्ट्रिय क्रिकेटमा नफर्कने बताएकी हुन्।
 |  आइतबार, वैशाख १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०७७

पाकिस्तानी क्रिकेट टोलीकी पूर्वकप्तान सान मिरले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेकी छिन्। उनले संन्यास लिने यो नै उपयुक्त समय भएको बताउँदै अन्तराष्ट्रिय क्रिकेटमा नफर्कने बताएकी हुन्।

३४ वर्षे अलराउन्डर मिर एक दिवसीय क्रिकेटमा पाकिस्तानकै सबैभन्दा धेरै विकेट लिने खेलाडीसमेत हुन् उनले एक सय २० खेलमा एक सय ५१ विकेट हात पारिसकेकी छिन्।

‘मलाई विश्वास छ मैले मेरो देश र खेलका लागि क्षमताले भ्याएसम्मको राम्रो योगदान गरेकी छु,’ मिरले संन्यासको घोषणा गर्दै भनिन्। अन्तराष्ट्रिय क्रिकेटबाट गत नोभेम्बरमा ब्रेक लिएकी सान गत फेब्रुअरीमा सम्पन्न विश्वकपको स्क्वाडमा पनि देखिएकी थिइनन्।

पाकिस्तानले सन् १९९७ बाट मात्र अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको हो। सान मिर पाकिस्तानी टोलीमा अहिलेसम्मको सबैभन्दा क्षमतावान र समर्थकले सम्झिरहने खेलाडीको रुपमा चिनिन्छिन्।

उनले सन् २००५ बाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेकी थिइन् भने त्यसको चार वर्षपछि राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी थिइन्।

उनले खेल जीवनभरी २२६ अन्तराष्ट्रिय खेल खेलेकी छिन्, जसमध्ये १३७ खेलमा कप्तानी गरिन्।

‘खलेबाट संन्यास लिए पनि क्रिकेटबाट संन्यास लिएको होइन। विभिन्न कुराहरुमा क्रिकेटलाई सहयोग गरिरहने छु,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्।

उनले विश्वकै चौथो धेरै विकेट लिने खेलाडी बनेर संन्यास लिइन्। उनीभन्दा अघि भारतीय क्रिकेटर झुलन गोस्वामी र अष्ट्रेलियन क्रिकेटर क्याथरिन र एलसी पेरी रहेका छन्।

त्यस्तै उनी टी–२० क्रिकेटमा पाकिस्तानी दोस्रो धेरै विकेट लिने खेलाडी पनि हुन्। उनले टी–२० अन्तराष्ट्रियमा ८९ विकेट लिएकी छिन्।

प्रकाशित: Apr 26, 2020| 11:00 आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।