आइतबार, चैत ८, २०८२

उपाधि र रेलिगेसनबिना डच लिग रद्द

एजेन्सी– उपाधि विजेता घोषणा नगरिकनै डच लिग इरीडीभीसीई रद्द गरिएको छ। क्लब रेलिगेशन र प्रमोसनमा नजाने निर्णय गर्दै नेदरल्यान्डको फुटबल संघ केएनभीबीले लिग रद्द गरेको हो।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

एजेन्सी– उपाधि विजेता घोषणा नगरिकनै डच लिग इरीडीभीसीई रद्द गरिएको छ। क्लब रेलिगेशन र प्रमोसनमा नजाने निर्णय गर्दै नेदरल्यान्डको फुटबल संघ केएनभीबीले लिग रद्द गरेको हो।

National life

कोरोना भाइरसका कारण नेदरल्यान्डको सरकारले सेप्टेम्बर १ तारिखसम्म खेल गतिबिधि स्थगित गर्न निर्देशन दिएको थियो। सरकारी निर्देशनलाई आधार बनाएर केएनभीबीले भनेको छ, ‘अब सन् २०१९–२० सिजनको फुटबल खेल सम्पन्न गर्न असम्भव भएको छ।’

लिगमा शीर्ष स्थानका दुई क्लबको अंक बराबरी रहेको छ। गोल अन्तरका आधारमा चर्चित क्लब आयाक्स एज अल्कमारभन्दा एक स्थान माथी रहेको छ। यस्तो अवस्थामा लिगका दुवै क्लब च्याम्पियन्स लिगको क्वालिफाइङमा जाने युइएफएले बताएको छ।

तेस्रो स्थानमा रहेको फेयेनोर्ड भने युरोपा लिगको लागि क्वालिफाई हुने भएको छ।

त्यस्तै ९ खेल बाँकी रहेको लिगमा कुनै क्लब रेलिगेशनमा नपर्ने र प्रमोसन पनि नहुने बताइएको छ। यो निर्णयका कारण दोस्रो लिगको शीर्षमा रहेको क्लब कम्बुरले आफूहरुलाई हेला गरिएको बताएको छ। उसका प्रशिक्षक हेन डी जोनले भने, ‘यो निर्णय डच फुटबल इतिहासकै सबैभन्दा ठूलो अनादर हो।’

Laxmi sunrise bank
kumari

प्रशिक्षकको यस्तो भनाईको जवाफ दिँदै केएनभीबीले भनेको छ, ‘जस्तो निर्णय गरिएको छ त्यसमा केएनभीबी सजग छ। अहिले बँचेका सबै विकल्पले कतै न कतै चोट पुर्याउने नै थियो।’

इरीडीभीसीईको महिला लिग पनि विना उपाधि रद्द गरिएको छ। लिगको शीर्ष स्थानमा रहेको पीएसभी महिला च्याम्पियन्स लिगमा जाने भएको छ। दोस्रो स्थानको आयाक्स भने क्वालिफाइङमा जाने भएको छ।

सन् १९५६ मा सुरु भएयता डच लिग च्याम्पियनबिनै यसपहिले कहिल्यै स्थगित भएको थिएन। नेदरल्यान्डका कोरोनाभाइरसको संक्रमणका कारण ४ हजार मानिसको ज्यान गइसकेको छ।

प्रकाशित: Apr 25, 2020| 12:05 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।