बिहीबार, भदौ ४, २०८३

हुलाकले पायो राहदानी बोक्‍ने काम!

कामविहीन बन्दै गएको हुलाकले राहदानी बोक्ने काम पाएको छ। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयसम्म रादानी पुर्‍याउने काम हुलाकले पाएको हो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– कामविहीन बन्दै गएको हुलाकले राहदानी बोक्ने काम पाएको छ। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयसम्म राहदानी पुर्‍याउने काम हुलाकले पाएको हो।

सरकारले हुलाकको सेवालाई विस्तार गर्दै लैजाने योजनाअनुरुप राहदानी विभागमा तयार भएका राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने विषयमा हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्ण र राहदानी विभागको तर्फबाट महानिर्देशक डोरप्रसाद अर्यालबीच बुधबार सम्झौता भएको छ।

चिठीपत्र बोक्ने काम गर्ने परिचय बनाएको हुलाक सेवाले आफ्नो कामलाई विस्तार गरेसँगै हुलाकको सेवालाई चुस्तदुरुस्त बनाउँदै लाने विभागका सूचना अधिकारी चुडामणि केसीले बताए।

उनका अनुसार उपत्यकाभित्रका तीन जिल्लाका साथै रसुवा र नुवाकोट गरी ५ जिल्लाको राहदानी राहदानी विभागले नै वितरण गर्नेछ भने बाँकी ७२ जिल्लाको लागि राहदानी विभागमा तयार भएको राहदानी जम्मा गरेर गोश्वारा हुलाकले चितवन हुलाकमा पठाउँछ। चितवन हुलाक कार्यालयले राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पठाउनेछ। 

हुलाक कार्यालयले एरिया छनोट गरेर वितरण सहज बनाउँदै लैजाने उनको भनाइ छ। चितवन हुलाकबाट सोही रुपमा पश्चिममा कञ्चनपुर र पूर्वमा झापाको विर्तामोडसम्म हुलाकको सवारी साधनबाट डाँक ढुवानीको व्यवस्था मिलाएको छ। राहदानीको विशेष सुरक्षाको लागि सवारी साधनमा सेफ्टी भल्टको व्यवस्था गरिएको हुन्छ।

चिठीपत्र बोक्ने काम गर्ने परिचय बनाएको हुलाक सेवाले आफ्नो कामलाई विस्तार गरेसँगै हुलाकको सेवालाई चुस्तदुरुस्त बनाउँदै लाने विभागका सूचना अधिकारी चुडामणि केसीले बताए।

हुलाकलाई राहदानी वितरण गरेबापत राहदानी विभागले नियमअनुसार राजस्व दिने बताइएको छ। तर, कति रकम दिने भन्ने खुलाइएको छैन। अधिकारीले भने, ‘हुलाकको सेवा विस्तार गर्ने उद्देश्यले काम बढाउनुपर्छ भनेर समन्वय गरेका हौं। हुलाकले यसअघि नै कुरियरको काम गर्दै आएको छ। अब राहदानीलाई व्यवस्थित रुपमा सम्बन्धित ठाउँमा पुर्‍याउँछ।’

राहदानी दुरुपयोग हुन नदिन सम्बन्धित गन्तव्यमा पुगेको यकिन गर्न गन्तव्य हुलाक कार्यालयको थप क्षमता विस्तार गरी पोष्टल इन्टरनल ट्र्याकिङ सिस्टमबाट ट्र्याकिङ गर्ने व्यवस्थाको सुनिश्चितता गर्ने हुलाक सेवा विभागले जनाएको छ। 

हुलाकले राहदानी वितरण गर्ने जिम्मा पाए पनि जनशक्ति र साधन अभावका कारण समयमै पठाउन सक्ने विषयमा भने ढुक्क हुने अवस्था छैन। सूचना अधिकारी केसीले पनि हुलाकमा जनशक्ति र साधनको समस्या भएकाले आफ्नो गाडीबाट पठाउन समस्या हुने बताए। ‘भाडाको गाडीमा राहदानी पठाउन पनि असुरक्षित हुन्छ, त्यसैले यसमा ध्यान दिनुपर्ने छ।’

राहदानी विभागबाट जारी राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्ने कामको सुरुवात आगामी असोज १ गतेबाट सुरु हुनेछ। आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यको बुँदा नं. ३८१ मा हुलाक सेवाको पुनर्संरचना गरी आधुनिक र व्यावसायिक बनाइने र नागरिकता, राहदानी लगायत महत्वपूर्ण दस्तावेज हुलाक सेवा मार्फत सुरक्षित र छरितो रूपमा नागरिकको घरदैलोसम्म पुर्‍याइने उल्लेख छ।

हुलाक सेवा विभागको इलाका तथा अतिरिक्त हुलाक कार्यालयसहित करिब चार हजार हुलाक कार्यालयको देशव्यापी  सञ्जाल छ। निजामतीतर्फका करिब ६ हजार दुई सयसहित झन्डै १६ हजार जनशक्ति कार्यरत रहेको हुलाक आधुनिक वितरण प्रणालीको एउटा बलियो सञ्जाल हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Sep 10, 2021| 18:52 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।