बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानलाई बन्धकमा राखेर एमसीसी स्वीकार्न सकिन्न : वाईसीएल

संविधानलाई बन्धकमा राखेर एमसीसी स्वीकार्न सकिन्न : वाईसीएल

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ। 

वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदा नसच्चिएसम्म सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो। वाईसीएल नेपालका संयोजक सुमन देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग, अनुदानहरु स्वीकार गर्न नसकिने बताए।

नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदा नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ।

उनले भने, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न सकिँदैन। नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदा नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ।’

गत भदौ १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णय सार्वजनिक गर्दै वाईसीएलले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ। त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताए।

वाईसीएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानबिन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ। 


प्रकाशित: Sep 10, 2021| 17:48 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।