शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस पोखराको सभापतिका लागि ६ जनाको उम्मेदवारी, सचिवमा तीन जना

कांग्रेस पोखराको सभापतिका लागि ६ जनाको उम्मेदवारी, सचिवमा तीन जना

नेपाली कांग्रेस पोखरा महानगरपालिकाको कार्यसमितिमा सभापति र सचिवहरुको उम्मेदवारी सार्वजनिक भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

पोखरा– नेपाली कांग्रेस पोखरा महानगरपालिकाको कार्यसमितिमा सभापति र सचिवहरुको उम्मेदवारी सार्वजनिक भएको छ। नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार सभापति पदमा छ जना र सचिव पदमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन्। 

National life

सभापति पदमा गंगाधर, पराजुली, मोहन बाँस्तोला, रामराज लामिछाने, मिलन तिवारी, सुरेन्द्रमान विजुक्छे र ज्योती हमालको उम्मेदवारी सार्वजनिक भएको हो। यसैगरी सचिव पदमा सुरेन्द्रबाबु तिवारी, टुवराज बाँस्तोला र गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गरेका हुन्। 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ गते वडा अधिवेशन सकिएपछि कास्कीमा पालिकास्तरीय अधिवेशन प्रक्रिया सुरु भएको छ। पोखरा महानगरसहित ५ पालिका रहेको यहाँ भदौ २७ मा पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । त्यसका लागि निर्वाचन भदौ २३ गतेदेखि निर्वाचन प्रक्रिया शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सबैभन्दा धेरै मतदाता भएको पोखरा महानगरपालिकाको सभापतिमा निर्वाचित वडाध्यक्ष, पत्रकारदेखि व्यवसायीसम्मले आकांक्षा देखाएका हुन्। सबैभन्दा पहिले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका गंगाधर पराजुली लामो समयदेखि पत्रकारिता गरेर पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। यस्तै पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सबैभन्दा पहिले पत्रकार सम्मेलन गरेर उम्मेदवारी सार्वजनिक गरेका छन्। वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले पनि सामाजिक सञ्जालमार्फत आकांक्षा देखाएका छन्।

अर्की पत्रकार ज्योति हमालले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन्। पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे र अर्का नेता मिलन तिवारी समेत प्रतिस्पर्धाको होडमा छन्।

Laxmi sunrise bank
kumari

माछापुच्छ्रेमा ३ जनाले सभापतिमा दावी गरेका छन्। वडा १ का निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, हालका पालिका सभापति मधुसुदन अधिकारी र अर्का नेता रामबहादुर गुरुङ सभापतिको प्रतिस्पर्धामा छन्। रुपा गाउँपालिकामा हाल उपाध्यक्ष उठेर पराजित भएकी गीमाया गुरुङ, नेताहरु खेम गुरुङ, आनन्द सुवेदी र विमल न्यौपानेले दाबी गरेका छन्। 

मादीमा अर्जुन गुरुङ र ओमप्रकाश गुरुङ उम्मेदवार बन्ने भएका छन्। अन्नपूर्णमा मनपति भण्डारी र तरुण दलका पालिका सभापति विजय गुरुङ लगायतले उम्मेदवारी घोषणा गरेका छन्। 

पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जना मतदाता छन्। माछापुच्छ्रेमा १ सय ७३, अन्नपूर्णमा १ सय ९८, मादी १ सय ९२ र रुपामा १ सय ३० जना मतदाता छन्। 

निर्वाचन समितिले भदौ २७ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ। भदौ २७ गते विहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मतदान हुनेछ।

प्रकाशित: Sep 10, 2021| 15:25 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।