काठमाडौं- ब्लड क्यान्सर पीडित रेडियम ब्यान्डका गायक राजु चोधरीको निधन भएको छ। झापा विर्तामोडका चौधरीको शुक्रबार निधन भएको खबर 'द स्याडोज नेपाल'का गायक स्वप्निल शर्माले जानकारी दिएका छन्।
राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न अभियान पनि चलाइएको थियो। गायक चौधरीको निधन भएपछि आर्थिक सहयोग बन्द गरिएको स्वप्निलले जानकारी दिएका छन्।
समस्या बढ्दै गएपछि राजुलाई भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो। १० दिनअघि भारत पुर्याइएका उनलाई बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। भेन्टिलेटरमा उपचारका क्रममा नै उनको निधन भएको स्वप्निलले बताए।