बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरणमा डब्लुएचओको जोड

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरणमा डब्लुएचओको जोड

विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्ने जनाएका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नुपर्ने जनाएका छन्। विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका राष्ट्रहरुको ७४ औं बैठकमा भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका विषयमा छलफल गरिएको थियो। 

बैठकमा विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको बताइन्। सिंहले भनिन्, ‘विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन। स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ।’

संक्रमणको फैलावट रोक्नका लागि विज्ञहरुले पूणरुपमा आफ्नो क्षमताको प्रयोग गरेको उनले बताइन्। साथै स्वास्थ्य सुरक्षा प्रणालीका कमीकमजोरीलाई सम्बोधन गर्न जरुरी रहेको उनले बताइन्।  

कोभिड महामारीमा राष्ट्रहरूले निगरानी तथा सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यदेखि लिएर क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिकार्यका विभिन्न पक्षहरूको आकस्मिक रूपमा क्षमता विस्तार गर्न आवश्यक रहेको बैठकमा छलफल गरिएको थियो। 

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।


प्रकाशित: Sep 10, 2021| 11:32 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।