शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाले एमसीसी टोलीलाई भन्यो– प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं

जसपाले एमसीसी टोलीलाई भन्यो– प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं

जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी टोलीलाई प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको छ।

नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन्।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल, प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी’, भट्टराईले लेखेका छन्। छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए।


प्रकाशित: Sep 09, 2021| 22:36 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।