बुधबार, फागुन २७, २०८२

तालिबानको धम्कीको बेवास्ता गर्दै सडक आन्दोलनमा अफगानी

तालिबान सरकारले मानिसहरुलाई सडक आन्दोलनमा ननिस्किन चेतावनी दिइरहेको भएपनि अफगानिस्तानमा विभिन्‍न क्षेत्रहरुमा भने आन्दोलनहरु भइरहेका छन्।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काबुल- तालिबान सरकारले मानिसहरुलाई सडक आन्दोलनमा ननिस्किन चेतावनी दिइरहेको भएपनि अफगानिस्तानमा विभिन्‍न क्षेत्रहरुमा भने आन्दोलनहरु भइरहेका छन्। तालिबानको धम्कीलाई बेवास्ता गर्दै अफगानिस्तानमा आन्दोलनहरु भइरहेका छन्। 

National life

काबुलस्थित पाकिस्तानी दूतावासअघि दर्जनौं आन्दोलनकारीहरु भेला भएपछि तालिबान लडाकूले हवाई फायर गरेका थिए। तालिबानको हवाई फायरपछि अफगानी आन्दोलनकारीहरु तितरबितर भएका थिए। 

सबैभन्दा बढी विरोध प्रदर्शन परवान र निमरुज प्रान्तमा भएको बीबीसीले जनाएको छ। बुधबारको प्रदर्शनको रिपोर्टिङमा गएका दुईजना पत्रकारलाई पनि कुटपिट गरेर घाइते बनाइएको तस्बिर सार्वजनिक भएको छ। तालिबानी लडाकूले पक्राउ गरेपछि उनीहरुलाई घाइते हुने गरि कुटपिट गरिएको फोटो पत्रकार नेमतुल्लाह नाक्दीले एएफपीलाई बताएका छन्।

अफगान सरकारको न्याय मन्त्रालयका अनुसार अनुमति बिना विरोध प्रदर्शनहरु नगर्ने चेतावनी जारी गरेको छ। पछिल्लो आन्दोलनमा आन्दोलनकारीहरुले स्वतन्त्रताको माग गरेका थिए। तालिबान सरकारले महिला सहभागिता शून्य गराएको भन्दै काबुलमा दर्जनौं महिलाहरु उपस्थित भएर विरोध प्रदर्शन गरेका थिए। उनीहरुले महिला सहभागिता सहितको समावेशी सरकार गठनको माग गरेका छन्। मंगलबार भएको प्रदर्शनमा तीनजना मारिएका थिए। पश्‍चिम हेरातमा भएको आन्दोलनका क्रममा तालिबान समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको हो।  -बीबीसी

प्रकाशित: Sep 09, 2021| 17:30 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।