बिहीबार, भदौ ४, २०८३

एक हजार २७१ संक्रमित थपिए, १४ जनाको मृत्यु

देशभर ११ हजार ९४४ जनामा कोरोना परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ९४४ जनामा कोरोना परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। 

यही अवधिमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नै एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन्। 

हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा सात लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ। यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन्। 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित: Sep 09, 2021| 16:56 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।