काठमाडौं– संचारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ। युट्युब च्यानल एक्शन कट नेपालमार्फत फिल्म सार्वजनिक गरिएको हो।
पतिपत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको सिनेमामा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। गहना नहुँदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छन् भन्ने विषय सिनेमामा देखाइएको छ।
पहिलो भागमा सस्पेन्स छोडिएको सिनेमाको तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिए। करिब ३२ मिनेट लामो सिनेमाको स्क्रिप्ट निर्देशक सुवेदीले आफैले तयार पारेका हुन्।
फिल्मको मुख्य भूमिकामा अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक विनय पौडेल छन्। दिलासा कृएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौं आसपासमै खिचिएको हो। विमल ढकालले खिचेको सिनेमालाई ललीतसिंह साउदले सम्पादन गरेको हुन्।