काठमाडौं- काठमाडौं मध्यबानेश्वरको एक भवनमा भेटिएको वस्तु बम हुनसक्ने आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थलमा खटिएको छ। शंकास्पद वस्तु के हो भन्ने यकिन नभएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।
प्रहरीले जनाएअनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको हो। बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थलमा अनुसन्धान थालिसकेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।