काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरेर हरितालिका तीज मनाउन आग्रह गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघटका साथ तीज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गरेका हुन्।
देउवाले तिज सामाजिक सदभावसहितको पर्व रहेको र तिजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्।