बुधबार, फागुन २७, २०८२

इण्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु

इण्डोनेसियाको राजधानी जाकर्तास्थित एक जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु भएको छ। राजधानी जाकर्तास्थित क्षमताभन्दा बढी कैदी राखिएको जेलमा आगलागी भएको हो।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

जाकर्ता- इण्डोनेसियाको राजधानी जाकर्तास्थित एक जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु भएको छ। राजधानी जाकर्तास्थित क्षमताभन्दा बढी कैदी राखिएको जेलमा आगलागी भएको हो। 

National life

जार्कताको ताङेराङ जेलमा बुधबार कैदीहरु सुतिरहेको समयमा आगलागी भएको बीबीसीले जनाएको छ। गार्डले आगलागी सुरु भएलगत्तै ढोका खोलि दिए पनि धुवाँको मुस्लोले भरिएपछि बाहिर निस्किन समस्या भएको हो। 

४० जना कैदी क्षमता भएको जेलको ब्लक सीमा १२२ जना कैदीहरु राखिएका थिए। घाइते भएका दुई विदेशीहरुको पनि मृत्यु भएको छ। जसमा एकजना पोर्चुगल र एक जना दक्षिण अफ्रिकी रहेका छन्। 

इण्डोनेसियाका कानुन तथा मानवअधिकार मन्त्री यासोना लाओलीले पत्रकार सम्मेलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको बारेमा सम्बन्धित राष्ट्रका दूतावासलाई खबर गरिएको छ। 

आठ जना गम्भीर घाइते भएका छन् भने करिब एक दर्जन सामान्य घाइते भएका छन्। 

Laxmi sunrise bank
kumari

 


प्रकाशित: Sep 08, 2021| 20:34 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।