बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निरक्षता उन्मूलन गर्ने प्रणका साथ मनाइयो ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

निरक्षता उन्मूलन गर्ने प्रणका साथ मनाइयो ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले निरक्षरता उन्मूलन गरि विकास र समृद्धिलाई अघि बढाउँदै लानुपर्ने बताएका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं-  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले निरक्षरता उन्मूलन गरि विकास र समृद्धिलाई अघि बढाउँदै लानुपर्ने बताएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव थपलियाले एउटा सचेत नागरिक बन्‍न साक्षर हुनु महत्वपूर्ण रहेको बताए।

उनले भने, 'निरक्षरता उन्मुलनसँगै विकास र समृद्धिको ढोका पनि खुल्दै जान्छ। अब प्रविधिको पहुँच विस्तारका लागि पनि साक्षर हुनु आवश्यक छ।'

केन्द्रले मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्‍ने नारका साथ साक्षरता दिवस मनाएको थियो। यसै अवसरमा शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लिखित 'राणाकालीन शिक्षा’ नामक पुस्तक सार्वजनिक गरिएको थियो।

प्रकाशित: Sep 08, 2021| 19:53 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।