बुधबार, फागुन २७, २०८२

एकजनालाई बचाउने क्रममा रुसी आपतकालीन मन्त्रीको मृत्यु

आर्टिक समुद्रको नोरिस्कमा भइरहेको अभ्यासका क्रममा एकजनाको जीवन जोगाउन क्रममा मन्त्री जेनिचेको मृत्यु भएको अलजजिराले जनाएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

मस्को- रुसमा आपतलकालीन मन्त्री याभगेनी जेनिचेभको अभ्यासका क्रममा एकजनालाई बचाउने क्रममा मृत्यु भएको छ। आर्टिक समुद्रको नोरिस्कमा भइरहेको अभ्यासका क्रममा एकजनाको जीवन जोगाउन क्रममा मन्त्री जेनिचेको मृत्यु भएको अलजजिराले जनाएको छ।

National life

नारिस्कमा रहेको निर्माणाधिन नयाँ फायर स्टेशनको अवलोकन र आर्टिक समुद्रमा भइरहेको बृहत ड्रिलका क्रममा  एकजनालाई बचाउँदा उनको मृत्यु भएको हो। रुसी आपतकालीन मन्त्रालयले जारी गरेको एक विज्ञप्ति अनुसार सर्च एन्ड रेस्क्यु अप्रेशनका क्रममा एक क्यामरामेन चिप्लिएर पानीमा खस्‍न थालेपछि जोगाउन क्रममा उनको मृत्यु भएको हो। 

उक्त घटनाको वास्तविकताको विषयमा भने हाल अन्य कुनै कुरा बाहिर आएको छैन। क्यामेराम्यान ६३ वर्षीय एलेक्जेन्डर मेलनिकलाई बचाउने क्रममा अघि बढेका मन्त्री जेनिचेभमाथि एक चट्टान ठोकिएर मृत्यु भएको जनाइएको छ। 

उनी सन् २०१८ देखि मन्त्री बनेका थिए। साइबेरियामा भएको एक फायरिङका क्रममा ६० जनाको मृत्यु भएपछि उनीभन्दा पहिलका एक मन्त्रीले राजीनामा दिएका थिए। 

जेनिचेभले सन् १९८० मा केजीबी अफिसरको रुपमा आफ्नो करिअर सुरु गरेका थिए। उनी राष्ट्रपति पुटिनका विश्‍वास पात्र भएको बताइँदै आएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 08, 2021| 19:45 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।