बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी उपाध्यक्षको टोली भोलि आउँदै, अवरोध पुर्‍याए गिरफ्तार गर्ने चेतावनी

एमसीसी उपाध्यक्षको टोली भोलि आउँदै, अवरोध पुर्‍याए गिरफ्तार गर्ने चेतावनी

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमारसहितको टोली बिहीबार काठमाडौं ओर्लिने भएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमारसहितको टोली बिहीबार काठमाडौं ओर्लिने भएको छ। एमसीसीका उपाध्यक्ष नेपाल आउनु एक सातादेखि नै संघीय राजधानी काठमाडौंलगायतका विभिन्‍न क्षेत्रहरुमा एमसीसीविरुद्ध आन्दोलनहरु भइरहेका छन्। 

एमसीसीका उपाध्यक्ष काठमाडौं ओर्लिए भौतिक आक्रमण गर्ने चेतावनी विभिन्‍न आन्दोलनकारी समूहहरुले दिइरहेका छन्। कालो झण्डा देखाउने, काठमाडौंको आकाशमा कालो बेलुन उडाउने, भौतिक प्रतिबाद गर्नेलगायतका कार्यक्रमहरु रहेका छन्। 

आन्दोलनकारी समूहले भौतिक आक्रमणलगायतका गतिविधिहरुलाई रोक्‍न सुरक्षा व्यवस्था पनि कडा पारिने भएको छ। नेपाल प्रहरीका एक अधिकारीका अनुसार एमसीसीका उपाध्क्षलाई अवरोध गर्न खोजे तत्काल गिरफ्तार गरिने भएको छ। 

ती प्रहरी अधिकारीले भने, "बिहीबार बिहानैदेखि सुरक्षा व्यवस्थालाई कडा पारिनेछ। एमसीसीका उपाध्यक्षलगायतको टोलीलाई प्रहरी स्कर्टिङ गरिने छ। सुरक्षा व्यवस्थामाथि खतरा उत्पन्‍न गर्ने र उपाध्यक्षको टोलीलाई अवरोध गरे तत्काल गिरफ्तार गरिनेछ।'

बिहीबार बिहानैदेखि विमानस्थलदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने प्रहरीको योजना छ। बर्दीधारीसँगै ठूलो संख्यामा सिभिल प्रहरीलाई पनि परिचालन गरिने भएको छ। 

के छ एमसीसी उपाध्यक्ष सुमारको कार्यक्रम ?

भ्रमणका क्रममा उपाध्यक्ष सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, अर्थमन्त्री र उर्जामन्त्रीलगायत केही सांसदहरुलाई भेट्ने कार्यक्रम छ।

एमसीसीका विभिन्‍न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन्। यस अन्तर्गत उनले पूर्वाधार, जलवायु परिर्वतन, निजी क्षेत्र लैंगिक तथा सामाजिक समावेशिता, सामुदायिक विकास, भूमि तथा कृषि लगायतका एमसीसीको प्राविधिक र क्षेत्रीय व्यवस्थापन हेर्ने गरेकी छन्। 

सन् २०१७ मा सम्झौता भएको अमेरिकी अनुदान सहायता एमसीसी नेपालमा विवादित बन्दै गएपछि कार्यान्वयनमा जान सकेको छैन। 

प्रकाशित: Sep 08, 2021| 18:50 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।