बिहीबार, भदौ ४, २०८३

बढी भाडा उठाउने २० जना पक्राउ

यात्रुबाट बढी भाडा उठाउने २० जनालाई प्रहरीले राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- यात्रुबाट बढी भाडा उठाउने २० जनालाई प्रहरीले राजधानीका बिभिन्न स्थानबाट पक्राउ गरेको छ।

उपत्यकाबाहिर जाने यात्रुहरूबाट बढी भाडा असुल्ने २० जनालाई ट्राफिक प्रहरी आफै यात्रु बनेर आइतबार पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

पक्राउ पर्नेहरूमा रूपेश कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, देविन्द्र कार्की, कमल गुरुङ, लाल बहादुर भुजेल, रोशन राणा कुवँर, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, तिलक लामा, गौतम तामाङ, मानसिंह रूम्वा, कर्ण थिङ, आकाश लामा, सुदर्शन रसाईली, शुक्र लामा, दिनेश शाह र जयन्द्र कुमार शाही रहेका छन्।

उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशाला स्थानबाट पक्राउ गरिएको महाशाखा प्रमूख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

पक्राउ पर्नेहरूले गाडी चढ्नुअघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको, एउटै टिकट २ जनालाई बेच्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएकोले पक्राउ गरिएको ढकालले बताए।

महाशाखाले बढी भाडा असुल्ने १७ जनालाई ८ गते र ९ जनालाई ७ गते पक्राउ गरि आवश्यक कारवाहीको लागि विभिन्न प्रहरी वृत्तहरूमा बुझाईसकेको जनाएको छ।

प्रकाशित: Mar 22, 2020| 13:48 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।