बिहीबार, भदौ ४, २०८३

अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ। उनकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ। उनकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो।

अक्षय कुमारकी आमाको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो। आमा गम्भीर बिरामी भएपछि अक्षय कुमार लन्डनबाट फिल्म छायांकन बीचमै रोकेर भारत फर्किएका थिए।

आमाको निधनको जानकारी अक्षय कुमार आफैंले दिएका छन्। ट्विट गर्दै उनले भनेका छन्, ‘उहाँ मेरो मूल हुनुहुन्थ्यो। आज म निको नहुने घाउ महसुस गरिरहेको छु। मेरी आमा अरुणा भाटियाले आज बिहान शान्तिपूर्वक यो संसार छोडेर मेरो बुबासँग अर्को संसारमा प्रस्थान गर्नुभएको छ। म र मेरो परिवार यो अवस्थाबाट गुज्रिरहँदा तपाईंहरूको प्रार्थनाको कदर गर्छु। ओम शान्ति।’

प्रकाशित: Sep 08, 2021| 12:50 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।