काठमाडौं- टिभी रियालिटी शो कमेडी च्याम्पियनकी निर्णायकको रुपमा रहेकी नायिका ऋचा शर्मा आमा बनेकी छन्। पहिला सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन्।
ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ। ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन्। ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जानकारी दिए।