काठमाडौं– इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा रहेको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। घाइतेहरुलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
बीबीसीका अनुसार घटना स्थानीय समयअनुसार बुधबार बिहानै भएको थियो, जतिबेला अधिकांश कैदीहरु उठेकै थिएनन्। १२२ जना कैदी राखिएको ब्लकमा आगलागी भएको हो। उक्त ब्लकको क्षमता ४० जना रहेकोमा क्षमताभन्दा तेब्बर कैदी राखिएको थियो। त्यहाँ राखिएका कैदीमध्ये धेरैजसो ड्रग्स कारोबारको अभियोग लागेकाहरु थिए।
आगलागी कसरी भयो भन्ने खुलेको छैन। स्थानीय प्रहरीले उद्धारको काम सकेर थप अनुसन्धान गरिरहेको बताइएको छ।