बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुँदैछ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुँदैछ। रिट निवेदक वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यतर्फका अधिवक्ता भूपेन्द्र पोखरेलका अनुसार ढुंगानाको इजलासमा सुनुवाइ तोकिएको छ।

कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्नुपर्ने माग रिटमा गरिएको छ। रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ। 

कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ। त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ। वडा अधिवेशन भने गत शुक्रबारदेखि सुरु भइसकेको छ।


प्रकाशित: Sep 08, 2021| 10:46 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।