बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ, अझै केही फरार

१६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ, अझै केही फरार

इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

कर्णाली- इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको जानकारी दिए। बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए। 

चौकुने गाउँपालिका–७ सुर्खेत घर भई पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले सोमबार आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँ-ठाउँमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएपश्चात् उनीहरू पक्राउ परेको प्रहरी उपरीक्षक विष्टले बताए। उनका अनुसार किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन्।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाको घरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए। उनका अनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन्।

बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका नौ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाए। उनले अझै केही जनाको नाममा किटानी जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Sep 08, 2021| 06:59 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।