बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानद्वारा नयाँ अफगान सरकार घोषणा, कसले-के जिम्मेवारी पाए?

तालिबानद्वारा नयाँ अफगान सरकार घोषणा, कसले-के जिम्मेवारी पाए?

अगस्त १५ मा अफगानिस्तानको सत्ता कब्जाको घोषणा गरेको तालिबान समूहले नयाँ सरकारको घोषणा गरेको छ। तालिबानले विभिन्‍न मन्त्रीहरुको नाम पनि घोषणा गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काबुल- अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले नयाँ सरकारको घोषणा गरेको छ। तालिबानले विभिन्‍न मन्त्रीहरुको नाम पनि घोषणा गरेको छ। 

National life

मोहम्मद हसन अखुन्दको नेतृत्वमा कामचलाउ सरकारका मन्त्रीहरुको नाम घोषणा गरेको अलजजिराले जनाएको छ। अब्दुल घानी बरादर कार्यकारी नेता रहनेछन् भने सिर्जाउद्दीन हक्कानी गृहमन्त्री बनेको मुख्य प्रवक्ता जाबिहुल्लाह मुजाहितले मंगलबारको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। 

सिर्जाउद्दीन ह्ककानी नेटवर्कका संस्थापक नेताका छोरा हुन्। मुल्लाह ओमारका छोरका मुल्लाह मोहम्मद याकूबलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरि वित्त मन्त्रालयको जिम्मेवारी हेदायातुल्लाह बाद्रीलाई दिइएको छ। 

तालिबान सरकारका मन्त्री बनेकाहरु अधिकांश पश्‍तुन क्षेत्रका रहेको काबुलबाट अलजजिराका संवाददाता चार्ल्स स्ट्राटफोर्डले जनाएका छन्। लामो समयसम्म पनि पञ्‍जशीरमा प्रवेश गर्न नसकेको तालिबानले आगामी दिनमा पञ्‍शीरको पनि प्रतिनिधित्व गराउने जनाएको छ। 

तालिबानले यसलाई कामचलाउ सरकारको संज्ञा दिएको छ। मन्त्रिमण्डलमा मुलुकमा अन्य क्षेत्रका व्यक्तिहरुको पनि प्रतिनिधित्व गराउने जनाएको छ। 

Laxmi sunrise bank
kumari

तालिबान समूहले अमेरिकी सेना फिर्ता भएलगत्तै घोषणा गर्ने अपेक्षा गरिए पनि सेप्टेम्बर पहिलो साता घोषणा गरेको हो। अगस्त ३१ मा अमेरिकी सेना पूर्णरुपमा स्वदेश फिर्ता भइसकेको छ। 

तालिबानले पूर्णरुपमा समावेशी सरकार बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकभरका सबै जातजातीलाई समेट्‍ने प्रयास गर्नेसमेत जनाएको छ। 

प्रकाशित: Sep 07, 2021| 21:34 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।