जनकपुरधाम- नागरिकताको प्रतिलिपि बनाउन घुस लिने एकजना नायव सुब्बा घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नासु उमेशकुमार चौधरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ।
नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौकबाट ८ हजार ५ सय घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ। पक्राउ परेका चौधरीलाई अख्तियारको कार्यालय बर्दिबास लगि थप अनुसन्धान गर्ने अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ।