बिहीबार, कात्तिक २७, २०८२

कैलाली र कञ्‍चनपुरमा ११६ जनप्रतिनीधिले छाडे नेकपा एमाले

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्‍ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
 |  मंगलबार, भदौ २२, २०७८

भीम चौधरी

भीम चौधरी

मंगलबार, भदौ २२, २०७८

धनगढी- कैलालीबाट निर्वाचित ६५ जना जनप्रतिनीधिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्‍ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

National life

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी, गोदावरी र घोडाघोडी नगरपालिकाकी उपप्रमुख रत्‍ना कडायत र प्रेमाकुमारी चौधरी तथा मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरसहित १२ जना वडा अध्यक्षले सनाखत गरेका छन्। 

सनाखत गर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर २, ५ र ७ का वडा अध्यक्ष क्रमसः जनक साउँद, जंग विक, दलबहादुर कुमाल, घोडागोडी नगरपालिका वडा नम्बर ४, ७ र १० का वडा अध्यक्ष क्रमश: टेकबहादुर बुढा, धनबहादुर बम, भिम बम, गोदावरी नगरपालिका वडा नम्बर ५ र ११ का वडा अध्यक्ष क्रमश: कर्ण सिंह बोहरा र शिव बिक, लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुर्ण बिष्ट, टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गंगाराम आचार्य, मोहन्याल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकेन्द्र बोगटी र धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राम बजारी चौधरीले सनाखत गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार कैलालीका ३७ जना वडा सदस्य र ९ जना कार्यपालिका सदस्यले पनि एकीकृत समाजवादी रोजेका छन्। कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन्।

यस्तै, कञ्‍चनपुरमा ५१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेको छन्। निर्वाचन कार्यालय कञ्‍चनपुरका अनुसार पुनर्बास नगरपालिकाका नगर प्रमुख जीवन थापासहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन्।

Laxmi sunrise bank
kumari

यसअघि नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, वडा नम्बर ९ का अध्यक्ष छत्रबहादुर महरा र वडा सदस्य हजरसिंह कुवँरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रकाशित: Sep 07, 2021| 20:18 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।