बुधबार, असोज २१, २०८३

दिवंगत पिताको सम्झनामा आमेशको गीत [भिडियोसहित]

कलाकार आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन्। मंगलबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– कलाकार आमेश भण्डारीले दिवंगत पिताको सम्झनामा गीत सार्वजनिक गरेका छन्। मंगलबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर उनले ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका हुन्।

गीतमा आमेशकै स्वर, शब्द र संगीत रहेको छ। भिडियोमा उनी आफैं फिचर छन् भने उनको पिताको भूमिका शोभित बस्नेतले निभाएका छन्। त्यस्तै, आमेशको बाल्यकालको भूमिकामा अवश्य भण्डारी फिचर छन्।

यसै वर्ष आमेशका पिताको निधन भएको थियो। उनी पिताकै साथ, हौसला र प्रेरणाले फिल्म क्षेत्रमा आएका थिए। गीतको भिडियोमार्फत उनले पिताले आफूलाई गर्ने प्रेम देखाएका छन्। भिडियोमा पिता र सन्तानबीचको भावनात्मक सम्बन्धलाई देखाइएको छ ।

सुरेश न्यौपानेको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन्। आमेशले यसअघि ‘मेरो लागि तिमी’, रुम नम्बर १०८’ गीत पनि गाइसकेका छन्। ‘फूलै फूलको मौसम तिमीलाई’ बाट नायकको रुपमा डेब्यू गरेका उनले ‘तँ म र ऊ’ र ‘मेला’ चलचित्रमा पनि अभिनय गरेका छन्।


प्रकाशित: Sep 07, 2021| 18:21 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।