बिहीबार, भदौ ४, २०८३

१ हजार ६७७ जना कोरोना संक्रमित थपिए, २१ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– पछिल्लो २४ घन्टामा देशभर १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यो संख्यामा संक्रमण देखिएको हो। 

११ हजार १११ जनाको पीसीआर र ३ हजार ९२३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट १ हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ।

प्रकाशित: Sep 07, 2021| 17:35 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।