बिहीबार, भदौ ४, २०८३

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी

 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्‍न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन्।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यसअन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाइ हस्तान्तरण गर्ने भनिए पनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन्। 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रबर्द्धनको निम्ति काम गरिरहेको भए पनि यसलाई ध्वस्त बनाउन र एनजीओलाई प्रश्रय दिन लागिएको र प्रतिष्ठानका कर्मचारीको व्यवस्थापनमा ध्यान नपुर्‍याएकाले आन्दोलनमा उत्रिनुपरेको बताए। 

कर्मचारीहरुले प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाका तयार गरि मन्त्रालयसँग यथाशीघ्र छलफल गराइ विद्यमान ऐन, नियम बमोजिम कार्य गर्न सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठानको ऐन तथा नियमावली नयाँ नबनाइ विद्यमान ऐन तथा नियमावली कार्य क्षेत्र नघट्ने गरि समय सापेक्ष संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई संघ र प्रदेशका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरुका लागि क्षमता विकासको केन्द्र बनाउनुपर्ने, प्रतिष्ठानको संरचना स्पष्ट नहुँदा कर्मचारीहरुको दरबन्दी, कार्यविवरण तथा शाखा, महाशाखाको कार्य जिम्मेवारीहरुको तय हुन नसकेको भन्दै सो समस्या समाधान गर्नुपर्ने माग राखेका छन्। 

त्यस्तै विगत ११ वर्षदेखि अवरुद्ध भएको प्रतिष्ठानको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासका लागि काम सुरु गर्नुपर्ने, प्रतिष्ठानमा लामो समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरुको पेशागत सुरक्षा गर्नुपर्ने पनि माग गरिएको कर्मचारी तापेन्द्र प्रसाद रिजालले बताए। 



 

प्रकाशित: Sep 07, 2021| 16:19 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।