नयाँ दिल्ली- भारतमाथि बमबारी गर्नका लागि पाकिस्तानी लडाकू विमानहरुले सन् १९६५ सेप्टम्बर ६-७ को राति विभिन्न इलाकामा आफ्ना सेनाहरु उतार्यो। पाकिस्तानी बी-५७ लडाकू विमानले उडान भरेसँगै भारतको सीमा क्षेत्रमा तीनवटा सी१३० हर्कुलस ट्रान्सपोर्ट विमानमा तैनाथ देखिए।
हरेक विमानमा एलिट स्पेशल सर्भिस ग्रुपका ६०-६० कमाण्डोहरु सवार थिए। उनीहरुको लक्ष्य भारतका तीन हवाई अड्डा हलवारा, आदमपुर र पठानकोटमा सेप्टेम्बर ७ को राति प्यारासुटमार्फत उत्रिनु रहेको थियो। यससँगै ती हवाई अड्डाहरुमा रहेका भारतीय विमानहरुलाई नष्ट गर्ने उद्देश्य उनीहरुको थियो।
सेप्टेम्बर ७ को बिहान २ बजे मेर खालिद बट्टको नेतृत्वमा ६० पाकिस्तानी कमाण्डो पठानकोट एर बेसमा उत्रिए, उनीहरुमाथि संकट आइलाग्यो। हवाई अड्डाको आसपास रहेका नहर, झरना र फोहोर नाली र हिलोले भरिएका खेतहरुका कारण उनीहरुको गतिलाई अवरोध गर्यो।
उनीहरु त्यहाँबाट निस्किन नै मुस्किल भइरहेको समयमा स्थानीय गाउँबासीहरुले पठानकोट सब एरियाको मुख्यालयलाई सेना उत्रिएको खबर पुर्याइएको थियो। त्यहाँ केही समयमा नै दुई सय मानिसहरु जम्मा भइसकेका थिए।
पाकिस्तानी अधिकतम कमाण्डोहरु दुई दिनभित्र पक्राउ गरेर हिरासतमा लगिए। पाकिस्तानी कमाण्डोको नेतृत्व गरिरहेका मेजर खालिद बट्टलाई पनि पक्राउ गरियो। हलवारा हवाई अड्डामा पाकिस्तानी सेनाहरु उत्रिरहेको धुमिलरुपमा देखिरहेको थियो।
पाकिस्तानी सेना उर्तिन थालेको सूचना प्राप्त भएसँगै सबै भारतीय सुरक्षा अधिकारीहरुलाई पेस्तोल र राइफल वितरण गरेर पाकिस्तानी सेनाले कुनै गतिविधि गर्नेबित्तिकै गोली चलाउन निर्देशनसमेत दिइएको थियो।
पाकिस्तानी केही सेनाहरु हवाई अड्डामा उत्रिए पनि उनीहरुले आफ्नो लक्ष्यमा अघि बढ्न नपाउँदै उनीहरुलाई हवाई बन्दी बनाइएको थियो।
जोन फ्रिकरले आफ्नो पुस्तक 'ब्याटल फर पाकिस्तान'मा पाकिस्तान सेनाका एकजना मेजर हंजूर हसनैनले जबरजस्ती एक भारतीय जीपलाई अपहरण गरे र आफ्नो एकजना साथीसहित पाकिस्तान भाग्न सफल भएको लेखेका छन्।
हलवारा बेस ग्राउन्डमा कार्यरत वित्त विभागका प्रमुख स्कावर्डन लिडर कृष्ण सिंहले एक पाकिस्तानी कमाण्डोलाई पक्राउ गरेका थिए। सन् १९६५ र १९७१ को युद्धमा गैरसैनिक भएर पनि पाकिस्तानी सेनालाई पक्राउ गर्न सफल भएको भन्दै उनलाई वीर चक्रबाट सम्मान गरिएको थियो।
त्यसैगरि आदमपुरमा पनि पाकिस्तान सेनाको यही अवस्था भयो। उनीहरुलाई एयरबेसभन्दा केही टाढा उतारिएको थियो। जसका कारण उनीहरु एकत्रित हुन पाएनन्। राति भुक्ने कुकुरले उनीहरुको राज खोलिदियो।
उनीहरु लक्षित हवाई अड्डा पुगुञ्जेलसम्म उज्यालो भइसकेको थियो। उनीहरु मकैबारीमा लुक्न खोजे। उनीहरुलाई लुधियानाबाट आएको टोलीले खोजी गर्यो र खोजी कार्यमा स्थानीय गाउँबासीले पनि सहयोग गरे। आक्रोशित स्थानीहरुले केही पाकिस्तानी सेनालाई त्यही मारिदिए।
करिब १८० कमाण्डोमध्ये १३८ जनालाई युद्धबन्दी बनाइएका थिए। २२ जना प्रहरी, सेना र स्थानीयको हातबाट मारिए र करिब २० जना भने पाकिस्तान फर्किन सफल भएका थिए। - बीबीसी