बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीद्वारा ढुंगा प्रहार

क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीद्वारा ढुंगा प्रहार

क्यानडानका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

ओटावा- क्यानडानका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका छन्। उनी ब्रेुअरी पुगेर आफ्नो गाडीमा फर्किने क्रममा आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका हुन्। 

National life

प्रधानमन्त्री ट्रुडोले अगस्तको मध्यतिर बहुमतको सरकार गठन गर्ने विश्वासका साथ सेप्टेम्बर २० लागि मध्यावदी निर्वाचन घोषणा गरेका थिए। तर, उनको चुनावी अभियान भने कोरोना महामारीलाई कारण चर्को आन्दोलनहरु भएपछि अन्योलमा परेको छ। 

गत साता प्रधानमन्त्री ट्रुडोलाई उनको चुनावी र्‍यालीहरु रद्द गर्न दबाब दिएका थिए। आक्रोशित आन्दोलनकारीहरुले चर्को विरोध गरिरहेका छन्। 

पत्रकारसँग कुरा गर्दै ट्रुडोले आफ्नो पाखुरामा सानो ढुंगा लागेको बताएका हुन्। यसअघि सन् २०१६ मा पनि उनलाई एक महिलाले फर्सीले हिर्काएकी थिइन्। 

क्यानडा सीटीभी नेशनल न्युजका अनुसार मिडियाकर्मी सवार दुईवटा बसहरुमा पनि ढुंगा प्रहार गरिएको छ। विपक्षी दल कन्जरभेटिभ पार्टीका नेता इरिन इ तुलले उक्त घटना निन्दनीय भएको बताएका छन्। 

Laxmi sunrise bank
kumari

राजनीतिक हिंसा न्यायोचित नहुने र मिडियाहरु कुनै पनि अवरोध, दुर्व्यवहार र हिंसाबाट मुक्त हुनुपर्ने उनले ट्विटमार्फत बताएका छन्। 

चुनावी अभियानमा गइरहने क्रममा ट्रुडोले सबैभन्दा धेरै सामना गर्नु पर्ने विषय भनेको 'अनिवार्य खोप' रहेको छ। गत महिना सरकारले सबै सरकारी कर्मचारीहरुका साथै संघीय एकाइहरुका कार्यरत सबै कर्मचारीहरुलाई अक्टोबर अन्तिमसम्ममा खोप लगाइसक्ने घोषणा गरेका थिए। - बीबीसी

प्रकाशित: Sep 07, 2021| 15:28 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।