बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मादी घटना : पोष्टमार्टमका लागि शव धरान लगिँदै, घटनास्थलमा सीआईबीको टोली

मादी घटना : पोष्टमार्टमका लागि शव धरान लगिँदै, घटनास्थलमा सीआईबीको टोली

संखुवासभाको मादी- १ मा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोष्टमार्टमका लागि धरान लगिँदै छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

विराटनगर– संखुवासभाको मादी- १ मा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोष्टमार्टमका लागि धरान लगिँदै छ। प्रहरीले शवको स्थलगत अध्ययन सकेर शवको पोष्टमार्टमका लागि धरान पठाइएको मादी- १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताए।

उनले भने,‘ शव भर्खर पठाइएको छ, प्रहरीको अनुसन्धान टोली यहीँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी) को टोली पनि घटनास्थलमै छ।' 

प्रहरीले घटनाबारे अध्ययन गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए। घटना रहस्यमय भएको भन्दै उनले अनुसन्धानका लागि सीआईबी टोली पनि खटिएको जानकारी दिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली संखुवासभामा गएको छ। 

सीआईवी टोलीले घटनाको प्राविधिक विश्लेषण गर्नेछ। घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालसहित कुकुर टोली पनि खटिएको छ। 

मादी–१ का ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या गरिएको अवस्थामा सोमबार बिहान स्थानीयले शव फेला पारेका थिए। घटनास्थल संखुवासभाको विकट क्षेत्रमा पर्छ। 

प्रकाशित: Sep 07, 2021| 14:00 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।