बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजामति सेवा पुरस्कार पाउने अधिकांश सिंहदरबारबाटै, काठमाडौं बाहिरका नौ जनामात्रै

निजामति सेवा पुरस्कार पाउने अधिकांश सिंहदरबारबाटै, काठमाडौं बाहिरका नौ जनामात्रै

हरेक वर्ष भदौ २२ गते निजामति सेवा दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामति कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– हरेक वर्ष भदौ २२ गते निजामति सेवा दिवसको अवसरमा सरकारले उत्कृष्ट निजामति कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ। सोमबार मन्त्रीपरिषद् बैठकले निर्णय गर्दै १० जना निजामति कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार दिने निर्णय गरेको छ। 

निजामति उत्कृष्ट सेवा पुरस्कार पाउने १० जनामा १ जना मात्रै काठमाडौं बाहिरबाट छन्। उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने काठमाडौंबाहिरका कर्मचारी बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी हुन्। त्यस्तै निजामति सेवा पुरस्कार पाउनेमा काठमाडौं बाहिरबाट ८ जनामात्रै छन्।

जसमा विराटनगरबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका विपुलकुमार लाल दास, नापी कार्यालय ताप्लेजुङका विज्ञान बन्जारा, करदाता सेवा कार्यालय दिक्तेलका सुजितकुमार सिंह रहेका छन्। त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका भक्तिप्रसाद भट्टराई, छत्रदेव गाउँपलिका अर्घाखाँचीका भेषराज पन्थ, उच्च इजलास जनकपुरका केआई सिंह गलान र जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह रहेका छन्। निजामति सेवा पुरस्कार पाउनेमा अन्य कर्मचारीमा सहसचिव सहित अधिकांश काठमाडौंबाटै छन्।


प्रकाशित: Sep 07, 2021| 13:47 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।