बिहीबार, भदौ ४, २०८३

घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै

संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली घटनास्थलतर्फ जाने भएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

संखुवासभा- संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली घटनास्थलतर्फ जाने भएको छ। सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए। 

‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला।’ सोमबार बिहान मादी नगरपालिका- १, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो। 

जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए। 

उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ। आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो। 

प्रकाशित: Sep 07, 2021| 13:30 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।