बिहीबार, भदौ ४, २०८३

सगरमाथा संवाद स्थगित हुने

कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद स्थगित गर्ने भएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– कोरोना भाइरसको प्रकोप विश्वभर फैलिँदै जाँदा सरकारले यसै वर्ष सुरु गर्न लागेको सगरमाथा संवाद स्थगित गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने, ‘सगरमाथा संवाद रोक्न ठिक हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ।’

उनले केही दिन अध्ययन नेपालीहरुलाई कुन देशको यात्रामा जान दिने र कुन देशमा रोक्ने भन्नेबारे निर्णय गर्ने पनि जानकारी दिए।

आगामी अप्रिल २ देखि ४ सम्म सरकारले सगरमाथा संवादको तयारी गरेको थियो। जसका लागि विश्वभरका नेता, राष्ट्रसंघ महासचिव, एक्टिभिस्ट, कलाकारजस्ता प्रसिद्ध व्यक्तिहरुलाई निमन्त्रणा दिइएको छ।

प्रकाशित: Mar 01, 2020| 11:39 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।