काठमाडौं- वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन्।
वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको संख्या ६ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ। प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको संख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ।
देशभर कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या हालसम्म ४८ लाख ९५ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा लगाउनेको संख्या हालसम्म ५५ लाख ३३ हजार ७९४ रहेको छ।